vada
News

सँगै म’र्ने सँगै बाँच्ने कसम सहेनन् भगवानले, तीन जोडीका श्रीमान् विते, पत्निका आँशुले सारा गाउँ रुवायो

पति पत्निको नाता सात जुनिको हुन्छ भनिन्छ । उनीहरुको जोडी भगवानले बनाएको हुन्छ समेत भनिन्छ तर सबैको जीवनमा यस्ते नहुने रहेछ । कतिपय जोडीको सँगै म’र्ने सँगै बाँच्ने कसम भगवानले समेत सहँदा रहेनछन् भन्ने बैतडीमा देखिएको छ ।

विवाह गर्ने हरेक जोडी जीवनभर सुखदुख जे जस्तो परिस्थिति आए पनि सँगै बाँच्ने बाचा कसमका साथ एक भएका हुन्छन् । तर विवाह भएको केही वर्षमै एक अर्कालाई कहिल्यै नदेख्ने गरी छुट्टिनुपर्छ भनेर कसैले कल्पना पनि गरेको हुुँदैन ।

बैतडीबाट थाहा खबरका लागि बिनोदसिंह बिष्टले पठाएको समाचार अनुसार, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राति बस दुर्घटनामा परी ९ जनाको ज्यान गयो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसमध्ये ३ जोडी कहिल्यै नदेखिले गरी सधैंका लागि छुट्टिएका छन् । उनीहरु सँगै यात्रारत थिए।

दुर्घटनामा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखापरीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करन सिंह ऐरीको बस दुर्घटनामा निधन भयो । ​

जोशीले आफ्नी जीवन साथी विमला, रनबहादुरले दीपा र करनले विमलालाई सधैंका लागि छोडे । दीपा भने डडेल्धुरामा सामान्य उपचारपछि घर फर्किसकेकी छन् भने दुवै विमला अहिले पनि उपचारमा छन् । फोटो थाहा खबर

Related Articles

Back to top button
Close