vada
Video

रञ्जना र रविको घटनामा एक वर्ष पछि आयो नयाँ मोड: रविले पाए न्याय, रञ्जना जेलमा (भिडियो हेर्नुस्)

चितवनमा एक वर्ष अघि भएको घटनामा अदालतले फैसला सुनाएको छ । रञ्जना मैनाली र रवि रुवालीको घटनामा अदालतले आज फैसला गरेको छ । रवि रुवालीको बुवाले अदालतको यो फैसलाले आफुहरुले आंशिक न्याय पाएको बताए । गएको १९ गते भएको फैसलाले रञ्जनालाई दो’षी ठहर गरेको थियो भने २८ गतेको फैसलामा रञ्जनालाई कै द सजाय सुनाएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

रञ्जनालाई जरिवाना सहितको सजाय फैसलाले सुनाएको हो । रञ्जनाले रविको घरवाट अध्ययनका लागि खर्च गरेको रकम पनि फिर्ता पनि गर्नुपर्ने भएको छ । रविको बुवाले ५० लाख रुपैया लगानी गरेको दावी गरेका थिए तर अदालतले २१ लाख र त्यसमा लाग्ने ब्याज पनि तिर्नुपर्ने बताएका छन् ।

अदालतले रञ्जनालाई २३ दिनको कै द सुनाएको छ तर रञ्जना यस अघि नै २३ दिन हिरासतमा बसीसकेकी छन् । रविको वुवाले पैसा आफ्नो लागि कुनै ठूलो कुरा नभएको बताएका छन् । रञ्जनालाई सजाय माग गरेको भए पनि त्यो पुरा नभएका कारण जित भित्र पनि हार भएको जस्तो भएको बताएका छन् ।

विवाह गरेपछि पढ्नका लागि अष्ट्रेलिया गएकी रञ्जनाले धो’का दिएको भन्दै उनका श्रीमान रवि रुवालीले देह त्याग गरेका थिए । अष्ट्रेलियामा पढ्नका लागि लाग्ने सबै पैसा रविको घरवाट लिएको भएपनि उनले श्रीमान् लाई भने हेला गरेको परिवारको दावी छ ।

रञ्जनाले हेला गरेकै कारण रविले देह त्याग गरेको परिवारको आरोप छ । दिदीको विवाहका लागि नेपाल फर्केकी रञ्जनाले श्रीमान् लाई वेवास्ता गरेका कारण आफ्नो छोराले देह त्याग गरेको भन्दै रञ्जना विरुद्ध उजुरी दिएका थिए ।

Related Articles

Back to top button
Close