vada
Intresting

एक हप्तासम्म लगातार बिहान खाली पेटमा किसमिसको पानी पिउनुहोस्, आफै देख्नुहुनेछ चमत्कार

अंगुरलाई सुकाएर किसमिस बनाइन्छ। यसमा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको पार्याप्त मात्रा हुन्छ। यसकारण यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। तर आयुर्वेद अनुसार दैनिक किसमिसको साटो यसको पानी पिउँदा धेरै फाइदाजनक हुन्छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भारतका आयुर्बेद एक्सपर्ट अबरार मल्तानीका अनुसार किसमिसमा गुलियो मात्रा बढि हुने भएकाले रातभरी यसलाई भिजाएर राख्दा यसको गुलियो पन कम हुने र पौष्टिक तत्वमा वृद्धि हुन्छ।

कसरी बनाउने किसमिसको पानी एक कप पानी उमालेर त्यसमा एक मुठ्ठी धोएको किसमिस हाल्नुहोस् र रातभरी छोडिदिनुहोस्। बिहान हल्का तातो बनाएर खाली पेटमा यसलाई खानुहोस् र किसमिसलाई मज्जाले चपाएर खानुहोस् ।

१) किसमिस एक उत्कृष्ट डिटक्स गर्ने ड्राइफ्रुट हो । यसको पानीले शरिरको सबै टक्सिन बाहिर निकाल्ने गर्दछ ।

२) किसमिसमा प्रचुर मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियामा सहयोग पुर्याउँछ । यसको पानी पिउँदा पाच क्रिया सही हुन्छ।

३) किसमिसमा एन्टिब्याक्टेरियल गुण हुन्छ। जसका कारण मुखको दुर्गन्धलाई टाढा राखेर घाँटीको संक्रमणबाट जोगाउँछ ।

४) किसमिसमा क्याल्सियम र माइक्रो न्यूट्रियन्ट पाइन्छ । यसले हड्डी र जोर्नी बलियो राख्न सहयोग गर्दछ ।

५) यसमा आइरनको मात्रा पनि प्रचुर हुन्छ । त्यसकारण किसमिस र यसको पानी खाँदा शरिरमा रगतको मात्रा बढ्छ जसले रक्तअल्पत्ता हुनबाट जोगाउँछ ।

६) किसमिसमा फाइबर र अन्य पोषक तत्व प्रचुर मात्रामा पाइन्छ जसले कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गरेर मुटु रोगबाट पनि जोगाउँछ ।

Related Articles

Back to top button