vada
News

नयाँ मोटरसाइकल पास गरेर घर फर्कदा दुर्घटना, दाजुभाईको अस्पताल पनि पुग्न नपाई निधन

काठमाडौ । बाँकेमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठो क्किँ दा दुई दाजुभाईको निधन भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका २ मुगुवा पुल नजिकै रोकेको ट्रकमा मोटरसाइकल ठ क्क र खाँदा दाजुभाईको निधन भएको हो ।

बुधबार राति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५५ प ९७५६ नम्बरको मोटरसाइकल ठो क्कि एको प्रहरीले जनाएको छ । दुर्घटनामा निधन हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका– ३ का २२ वर्षीय आशीष थारु र १९ वर्षीय दिपेश थारु रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइेत भएका दाजुभाईको उपचारका लागि कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज लैजाँदै गर्दा निधन भएको हो । दाजुभाई अस्पतालमा समेत पुग्न पाएनन् । नयाँ मोटरसाइकल किनेर पास गरेर घरतर्फ फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीका अनुसार मोटरसाइकल दाजु आशीषले चलाएका थिए। फाइल तस्बिर**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close