vada
Intresting

घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबार १ सय रुपैयाले बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।

बुधबार प्रतितोला ९४ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य एक हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button
Close