vada
Video

विप्लवका छोरा प्रकाशले ‘घिसारेर निकाल्छु’ भन्दै थर्काएपछि दुर्गा प्रसाईको आक्रोश, ‘तेरो बाउको आडमा मलाई ध’म्की नदे’ (भिडियो हेर्नुस्)

काठमाडौ । सामाजिक सञ्जालमा केही दिन यता प्रतिबन्धित नेकपा माओवादीका नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले वि एण्ड सि विर्तामोडका संचालक दुर्गा प्रसाईलाई थर्काएको अडियो निकै भाइरल भएको छ ।

उनले मेडिकल कलेजवाट घिसारेर बाहिर निकाल्छु भन्दै प्रकाशले प्रसाईलाई थर्काएको सुन्न सकिन्छ । त्यसको जवाफमा दुर्गाले आफ्नो वुवाको पावर नदेखाउन भनेको पनि सुनिन्छ । दुवै जनाले एक अर्कालाई आपत्ती जनक शब्द प्रयोग गरेको सुन्न सकिन्छ ।

यो अडियो सार्वजनिक भएपछि निकै दुर्गा प्रसाईले आफु विप्लवको छोराले थर्काउँदैमा आफु नडराउने बताएका छन् । उनले आफुलाई माफिया भन्ने अधिकार चन्दको छोरालाई नभएको बताएका छन् । उनी भन्छन्, मैले वर्षेनी सरकारलाई करोडौको कर बुझाउँछु, हजारौं ब्यक्तिलाई रोजगारी दिएको छु म कसरी माफीया भए ?**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दुर्गाा प्रसाईले प्रकाशका छोरा चिकित्सकको स्थानमा नबसेको र राजनीति गर्न खोजेको आरोप लगाएका छन् । उनले आफुलाई माफीया भन्दै दिएको अभिब्यक्ति प्रति निकै रिसाएका छन् । प्रकाशले युट्युवमा अन्तरवार्ता दिँदै दुर्गा प्रसाई जस्ता माफीयाहरुको वास्तविकता वाहिर ल्याउनु पर्छ भन्दै भनेको कुरा उठाउँदै प्रकाशलाई त्यो अधिकार कसले दियो भन्दै प्रश्न उठाएका छन् ।

उनले त्यस्तो भनेको भिडियो देखेपछि सिधै तँ सम्बोधन गरेर प्रकाशलाई म्यासेज पठाएको बताएका छन् । डाक्टर बने भन्दैमा उनले जे पायो त्यही बोल्न नपाउने उनको भनाई छ । उनले हरिश न्यौपानेले फ्रिमा पढाएर डाक्टर भए भन्दैमा मनपरी बोल्न नमिल्ने बताएका छन् ।

उनले महिनाको १० हरोड रुपैयालाई पारिश्रमिक दिने गरेको, ३ हजार नागरिकलाई रोजगारी दिएको भन्दै उनले माफीया भएको प्रमाण देखाउन चेतावनी दिएका छन् ।

उनले मेडिकल आन्दोलनको अभियन्ता भनेर प्रकाशलाई नमान्ने पनि उनले बताएका छन् । विप्लवका छोरा हुँ भनेर प्रकाशले दम्भ देखाएको दुर्गाको भनाई छ । स र्प को खुट्टा स र्पले मात्र देख्छ । मलाई यसरी नथर्काए हुन्छ उनले भने, हामी पनि विप्लवकै वाटोवाट आएको मानिस हो । हामी पनि ब न्दु क समातेको मानिस हो । प्रकाशले दुई पटक आफुलाई पैसा माग्न पठाएको र आफुले नदिएपछि यस्तो अभिब्यक्ति दिएको दावी गरेका छन्

Related Articles

Back to top button