vada
News

वास्तविक जिवनमा आमा बन्दै रक्षा श्रेष्ठ, को हुन् उनका श्रीमान्

काठमाडौ । हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ बास्ताविक जीवनमा नै आमा बन्न लागेको खबर बाहिरिएको छ ।

उनको विवाह सानैमा भएको थियो । तर टेलिसिरियलमा जिग्रीको जोडीका रुपमा उनी निकै जमेकी छन् । उनको श्रीमान्का बारेमा धेरै कुरा भने बाहिर आएका छैनन् । उनले श्रीमानको नामको ट्याटु पनि बनाएकी छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

हालै उनि गर्भवती भएको खुलासा भएको छ । जसका कारण उनले हाल गर्दै आएका काममा पनि विश्रााम लिएकी छन् ।

हाल उनी रियालिटी शो डान्सिङ वीथ द स्टारमा सहभागी भएकी थिइन् । तर गर्भवती भएकै कारण उनी सो बाट बाहिरिएको बताइएको छ ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको छ । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा समेत नदेखिने सम्भावना रहेको बताइएको छ ।

भद्रगोलबाट निकै चर्चामा आएकी कलाकार रक्षाको सुन्दरताले सबैलाई मोहित बनाउँछ । रक्षा आफैलाई पनि आफ्नो आँखा निकै मन पर्ने बताउँछिन् । उनको मुस्कानले धेरैलाई कायल बनाउँछ । एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।

Related Articles

Back to top button
Close