vada
Video

दाङमा हृदय विदारक घटना : चार दिदीका एउटै भाई मनोज तिहारकै मुखमा अस्ताए, कसम र दिनेश पनि बुवाआमाको एक्ला छोरा (भिडियो हेर्नुस्)

दाङ मोटरसाइकल दुर्घटनामा निधन भएका तीन जना युवाको पहिचान खुलेको छ । उनीहरु आफ्नो परिवारमा आमावुवाको एउटा मात्र छोरा भएको खुलेको छ । मंगलवार राति तीन जना सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा ३ जनाकै निधन भएको थियो ।

उनीहरु तीनै जना राप्ती गाउँपालिकाका रहेको बताएका छन् । राप्ती गाउँपालिका वडा नं ५ सिसहनियाका १६ वर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ वर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ वर्षकै दिनेश घर्तीको सवारी दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । मनोज गाहा चार दिदी पछि जन्मिएको एउटा मात्र भाई थियो । तिहारको मुखमा आफ्नो एउटै भाई गुमाउनु पर्दा मनोजको परिवारको दियो निभेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अन्य दुई किशोर पनि आमाबुवाको एउटा मात्र छोरा भएको खुलेको छ । मोटरसाइकल १६ वर्षका किशोर मनोजले चलाएको देखिएको प्रहरीको भनाई छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा दुर्घटना भएको हो । उनीहरुको साथमा कुनै कागजपत्र र पर्स समेत फेला नपरेको प्रहरीको भनाई छ । दुर्घटनामा परेका उनीहरुको पर्स चोरी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

ना ६ ख ३३४४ नम्बरको ट्रकले रा ५ प ६७३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन युवाको निधन घटनास्थलमै भएको थियो । मोटरसाइकल चालकहरुको सवारी लाइसेन्स समेत प्रहरीले फेला पारेको छैन ।

Related Articles

Back to top button
Close