vada
Entertainment

श्रीमानसँग मिलेर यस्तो फिल्म बनाउँदै नायिका आँचल शर्मा

काठमाडौं / नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा मोडल हुन् आँचल शर्मा । फिल्म नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी उनी पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छिन् ।

फिल्ममा अभिनय गरेर चर्चा कमाइसकेकी आँचलले अब भने आफै फिल्म बनाउने भएकी छिन् । उनले कोरोना महामारीको सकिए लगत्तै फिल्म निर्माणमा जुट्ने बताइएको छ ।

उनले फिल्म निर्देशनको लागि मिलन चाम्सलाई प्रस्ताव गरेको बताइएको छ । यस फिल्मका लागि अभिनेतामा प्रदीप खड्कालाई अफर गरिएको चर्चा भए पनि यस बारे कुनै कुरा नभएको निर्देशक मिलन चाम्सले बताएका छन् ।

यसअघि नेपाली चलचित्र क्षेत्रका भुवन केसी, आर्यन सिग्देल, रेखा थापा, केकी अधिकारी, करिश्मा मानन्धरलगायतले फिल्म निर्माण गरिसकेका छन् ।

Related Articles

Back to top button
Close