News

प्रदेश २ सोमबार ५२ संक्रमित थपिदा ५२ जना नै डिस्चार्ज

जनकपुरधाम, १२ साउन । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार पर्सामा १९ जना, सप्तरीमा १३ जना, महोत्तरीमा १० जना र धनुषामा १० जना व्यक्ति संक्रमित भएका छन् ।योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ४ सय ३३ पुगेको छ । संक्रमितमध्ये ४ हजार ८८ पुरुष र ३ सय ४५ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५२ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका २०, महोत्तरीका ३, सर्लाहीका ६ र रौतहटका २३ जना रहेका छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ५४, धनुषाका ५ सय ३३, महोत्तरीका ३ सय ४०, सर्लाहीका ६ सय २८, रौतहटका ७ सय ४१, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरी ३ हजार १४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा ५, बारामा ३, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Related Articles

Back to top button
Close