vada
Video

‘नेहासंग अब मेरो नाम नजोड्नुस्’ भन्दै रिसाए उनका पूर्वप्रेमी हिमांसु, मिडियालाई यसरी थर्काए (भिडियो हेर्नुस्)

काठमाडौं । कुनै समय गायीका नेहा कक्कड र अभिनेता हिमांसु कोहली प्रेम सम्बन्धमा थिए । कोहलीसँग लामो समय डेट गरेकी नेहाले हालै विवाह गरेकी छन् । २०१४ देखि २०१८ सम्म कोहलीसंगको प्रेममा रहेकी नेहाको प्रेम सफल भएन ।

दुवैको विवाह हुने चर्चा चलिरहेका बेला ब्रेकअप भएको थियो । हिमांशुसँगको ब्रेकअपपछि आफु डिप्रेसनमा गएको बताएकी थिइन् ।

भर्खरै गायिका नेहा कक्कड र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । केही समयदेखि नेहा र रोहनको विवाहको कुरा गीतको प्रचारको लागि मात्र भएको भारतीय मिडियाले बताउँदै आएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

तर वास्तवमै उनीहरुले विवाह गरे । अहिले उनीहरुले एक अर्कासंग रमाइलो गर्दै बिताएको पल सार्वजनिक गरेका छन् । यस्तोमा नेहाका पूर्व प्रेमी हिमाँशुलाई लिएर सामाजिक सञ्जालमा आएका विभिन्न टिप्पणीले कोहलीलाई समस्या पारेको छ ।

नेहासंगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा गरिएका टिप्पणीले आफुलाई समस्या पारेको भन्दै कोहलीले अब नेहासंग आफुलाई नजोड्न आग्रह गरेका छन् । नेहाले आफ्नो जिवन अघि बढाइसकेका कारण उनको नाम आफुसंग नजोड्न उनले आग्रह गरेका छन् ।

नेहा र रोहनले दिल्लीस्थित गुरुद्वारामा विवाह गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । विवाहमा दुवैका पारिवारिक सदस्य र नजिकका साथीहरु उपस्थित रहेको बताइएको छ ।

रोहनप्रित २०१९ मा टिभी शो इण्डियाज राइजिङ स्टारमा प्रतियोगीको रुपमा भाग लिएका थिए । केहि महिना अगाडी भेट भएका यी दुवैले डेट गर्न सुरु गरेको छोटो समयमा नै विवाह गर्न लागेको बताइएको छ ।

नेहाको नाम यस अघि गायक आदित्य नारायणसँग पनि जोडिएको थियो । तर त्यो टेलिभिजनको टीआरपी स्टन्ट भएको प्रमाणित भएपछि दुवै रिलेसनसीपमा नभएको बताइएको थियो ।

Related Articles

Back to top button