News

गुल्मीमा मास्क नलगाउने १५७ जना कारबाहीमा

१२ साउन, गुल्मी । गुल्मीमा मास्क नलगाई हिँड्ने १५७ जनालाई प्रहरीले सोमबार कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार तम्घास बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने १५७ जनालाई नियन्त्रणमा लिई प्रतिव्यक्ति एक सय रुपैयाँ जरीवाना तिराएर छाडिएको हो । जसबापत १५ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए । प्रहरीले मास्क नलागउनेलाई जरीवाना गराएपछि एक थान मास्क समेत उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो ।

Related Articles

Back to top button
Close