vada
Video

छोरालाई आफ्नै कलेजो दिन भारत हिँडे राई परिवार, विमानस्थलमै भयो रुवावासी (भिडियो हेर्नुस्)

काठमाडौ । काठमाडौको मनमैजुमा बस्ने राजेश राईको कलेजोमा समस्या भएपछि कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था भएपछि सामाजिक अभियान मार्फत रकम संकलन थालिएको छ ।

उनको उपचारका लागि ठूलो सहयोगको आवश्यकता पर्ने भएकाले आर्थिक संकलन अभियान थालिएको हो । उनको बुवाले नै कलेजो दान गर्ने भएपनि त्यसका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले आर्थिक संकलन थालिएको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सामाजिक सञ्जाल, युट्युव मार्फत आह्वान गरिएको सामाकिज अभियान मार्फत २० लाख रुपैया संकलन भएपछि राजेशको परिवार अहिले भारत हिडेका छन् । राजेशको पेट दुखीरहने भए पछि उपचारका क्रममा कलेजो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकले बताएका छन् । उपचारका लागि भारतमा चिकित्सकसंग समय लिइसकेका कारण उनीहरु ८ तारिखमा उनीहरु भारत लागेका हुन् ।

१२ वर्षका राजेशलाई कलेजोमा ट्युमर पलाएर क् या न्स र भएको चिकित्सकले बताएका छन् । गएको फागुन देखि उनको स्वास्थ्यमा थप समस्या आएको हो । ति साना बालकले पनि आफुलाई बचाउनका लागि आर्थिक सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।

२० लाख रुपैयाले पनि उपचार सहयोग नपुग्ने भएकाले थप सहयोगको अपिल गरेका हुन् । जापानमा बस्ने नुवाकोटका स्थानियले सहयोगका लागि पैसा पठाएका हुन् । जोही रकम लिएर उनीहरु अहिले भारत लागेका हुन् । तर त्यती पैसाले पनि नपुग्ने भएकाले उनीहरुले थप सहयोगको अपिल गरेका हुन् ।

Related Articles

Back to top button
Close