लोक सेवाले यस्ता पदका लागि जागिर खुलायो, मंसिर १६ सम्म दिन मिल्छ निवेदन
काठमाडौ । लोक सेवा आयोगले निजामति सेवामा प्राविधिकलगायत विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। करिब तीन सय पदका लागि आयोगले दरखास्त माग्दै बुधबार सूचना निकालेको हो।
राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन आयोगले गरेको छ।
दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने आयोगले बताएको छ। निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस सम्बन्धी सूचना लोकसेवा आयोगको साइटमा गएर हेर्न सकिन्छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन। परीक्षा मिति पछि तय गरिने आयोगले बताएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सिफारिसका आधारमा आयोगले यी पदमा विज्ञापन खुलाएको हो। ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ।