News
काठमाडौमा फेरी भुकम्पको धक्का
काठमाडौं । लामो समय पछि फेरी काठमाडौमा भुकम्पको धक्का महशुष गरिएको छ । काठमाडौं नजिकै धादिङमा केन्द्रबिन्दु भएर भुकम्प गएको बताइएको छ ।
छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । यसलाई पनि पराकम्प नै भनिएको छ ।
दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । २०७२ साल बैशाख १० गते गएको ठूलो भुकम्प पछि बारम्बार पराकम्प गइरहेका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
यसलाई पनि पराकम्प भनिएको छ । करिब एक महिना अघि पनि काठमाडौमा भुकम्पको धक्का महशुष गरिएको थियो ।