vada
News

मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

सवारी दुर्घटनामा परी बारामा २ जनाको मृत्यु मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । सोमबार राती बारामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी करैयामाई गाउँपालिका ३ गालोपटीका २२ वर्षीय सन्देश साह तेली र रौतहटको मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको मृत्यु भएको हो ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको र शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दुर्घटनामा परी करैयामाई ३ बजनीका २३ वर्षीय अरमान हवारी गम्भीर घाइते भएका छन् । उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार राति १२:४० बजे बारा पचरौता नगरपालिका ९ स्थित नहरको बाटोमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरको नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको थियो । अनियन्त्रित भई मोटरसाइकल तियर खोलामा खस्न गई चालक मायारामको घटना स्थलमा नै मृत्यु भएको थियो ।

महागढीमाई नगरपालिका ९ कन्चनपुर ससुरालीबाट सिम्रौनगढ जाँदै गरेको उनी गन्तव्यमा नपुगेपछि खोजी सुरु गरिएको थियो । खोज्दै जाँदा तियर खोलामा शव भेटिएको थियो ।

सोमबार राति पौने १० बजे पिपराबाट तर्फ तेतरिया जाँदै गरेको ना २२ प ६८५४ नं.को मोटरसाइकल करैयामाई गाउँपलिका ५ तेतरियास्थित पक्की पुलमा ठोक्किएको थियो ।

मोटरसाइकलमा सवार दुईजना पुलमुनि पानीमा खसेका थिए । उनीहरुलाई तत्काल उद्दार गरेर उपचारका लागि कलैया अस्पताल पुर्‍याइएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका करैया गाउँपालिका ३ गालोपटी बस्ने २२ वर्षीय सन्देश साह तेलीको कलैया अस्पतालमा उपचारको क्रममा १०ः५५ बजे मृत्यु भएको थियो ।

अर्का गम्भीर घाइते करैयामाई गाउँपालिका ३ बजनी बस्ने २३ वर्षीय अरमान हवारीको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button