vada
News

मुन्द्रेको कमेडी क्लवबाट दीपाश्री निकालिएपछि रिसाए दीपकराज, मुन्द्रे बिरुद्ध लिए यस्तो एक्सन

नेपाल टेलिभिजनबाट प्रशारण भै रहेको लोकप्रिय कार्यक्रम मुन्द्रेको कमेडी क्लवबाट अकस्मात दीपाश्री निरौला निकालिएपछि उनका सहकर्मीहरु रिसाएका छन् । स्वयं दीपाश्री निरौला पनि सल्लाह नगरी निर्णय लिएको भन्दै मुन्द्रेसँग चित्त दुखाएकी छिन ।

दीपाश्रीसँग लामो समयदेखि सहकार्य गर्दै आएका दीपकराज गिरिलाई पनि यो कुरा चित्त बुझेको छैन । उनले समेत जितु नेपालसँग असन्तुष्टि पोखेका छन् । यस अघि दीपक दीपाश्रीकै टीममा जितु रहेपनि अब जितु यो टिमबाट आउट हुने पक्का छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

७६ भाग प्रशारण भएको ‘मुन्द्रेको कमेडी क्लब’ मा दीपा नै अध्यक्ष रहेकी थिइन् । हालै यस कार्यक्रमको दोश्रो सिजन सुरु भयो । सिजन-२ सुरु हुँदा उक्त शोमा अध्यक्ष रहेकी दीपाश्रीको ठाउँमा जितुले नायिका करिष्मा मानन्धरलाई ल्याए । यसमा भने दीपक दीपालाई चित्त बुझेको छैन ।

अघिल्लो दिन भोलि दिउँसो छायांकन छ भनेर बोलाएपछि दीपाश्रीले तयारी गरेको तर राति अचानक तपाईं आउनु परेन तपाईंको ठाउँमा अरुलाई नै राखियो भनेर फोन आएको दीपकको भनाई छ । उनी भन्छन्, यसमा रातारात परिर्वतन गर्नुपर्ने केही कारण थिएन । यसमा हाम्रो थोरै असन्तुष्टि हो ।

दीपा सधैं उक्त क्रार्यक्रममा हुनैपर्छ भन्ने नभएपनि एकछिनमा आऊ भन्ने, एकछिनै नआऊ भन्नु राम्रो नभएको दीपकको भनाई छ । यसमा बसेर सल्लाह गरेरै यो पटक तपाईं नबस्नुहोला भनेर भन्न सकिने दीपकको भनाई छ ।

यसको प्रतक्ष्य असर जितु नेपाललाई परेको छ । उनलाई अब छक्का पञ्जाको टिमबाट दीपक दीपाले आउट गर्ने पक्का छ । जितु नेपाल पनि हतारमा निर्णय लिँदा केही गल्ती आफूबाट भएको स्वीकार गर्छन् ।

Related Articles

Back to top button
Close