vada
Intresting

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । सोमबार ५ सय रुपैयाँले बढेको सुनको मुल्य आज तोलामा ३ हजार ४ सय रुपैयाले घटेको हो ।

सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button