vada
News

नेपाली कामदार लैजानेबारे मलेसिया सरकारले गर्यो यस्तो निर्णय

काठमाडौं । मलेसियाले अचानक नेपाली कामदार लैजान रोक लगाए पछि ३५ हजार नेपाली अलपत्र परेका छन् । कोरोनाको जोखिम बढेको भन्दै मलेसियाले नेपाली कामदार लैजान रोक लगाएको हो ।

कोरोना महामारी थप फैलने भन्दै कामदार लैजान रोक लगाएपछि श्रमस्वीकृति लिएका झन्डै ३५ हजार नेपाली अलपत्र परेका हुन् ।

मलेसियामा कोरोनाको जोखिम कम हुँदै गएको भन्दै जनवरी देखि नयाँ श्रमीक लैजान योजना बनाइएको थियो । तर थप जोखिम बढेपछि फेरी अहिले रोक लगाइएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोरोना नियन्त्रणमा देखिएको मलेसियामा पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । शनिबारमात्रै एक हजार एक सय ६८ जनामा कोरोना पुष्टि भएको थियो ।

नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत नदिइ करार नवीकरणका लागि आग्रह समेत गर्न थालेका छन् ।

Related Articles

Back to top button
Close