vada
News

नेपाली बजारमा दुई नयाँ मोटरसाइकल ल्याउदै होन्डा, क्रुजरमा सबैको आँखा

काठमाडौं । होन्डाको मोटरसाइकल पारखीलाई दुई भिन्न सेग्मेन्टका नयाँ मोटरसाइकल नेपाल ल्याउने तयारीमा स्याकार ट्रेडिङ जुटेको छ । कम्पनीले ल्याउने हाइनेस ३५० क्रुजर मोडल हो भने हर्नेट २.० स्ट्रीट फाइटर हो । होन्डाको क्रुजर मोटरसाइकलमा धेरैको आँखा परेको छ ।

होन्डा नेपालमा मोटरसाइकल र स्कुटर मिलाएर सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीमा पर्दै आएको छ । कम्पनीले ल्याउने तयारी गरेको दुबै मोटरसाइकल अहिले भारतमा चर्चामा रहेका कारण कम्पनी उत्साहित भएको हो ।

यी दुबै मोटरसाइकल भारतमा पनि केहि समयअघि मात्रै सार्वजनिक भएका मोडल हुन् । यस्तोमा नेपालमा यी दुबै मोडल ल्याउने तयारी भइरहेको कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘दुबै मोटरसाइकल नेपालमा चाँडै ल्याउने प्रयास भइरहेको छ । तर, कुन मितिबाट बिक्री सुरु हुन्छ भन्ने अहिले एकिन भएको छैन’, कम्पनी स्रोतले भन्यो ।

होन्डाले २०० सीसी सेग्मेन्टमा नेपाल ल्याउन लागेको हर्नेट २.० ले बजारमा पल्सर एनएस २००, टीभीएस आरटीआर २०० फोर भी जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

त्यसैगरि कम्पनीले ल्याउन लागेको क्रुजर मोटरसाइकल हाइनेस सिबी ३५० ले बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० र जावाका उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

इन्जिन र फिचर

होन्डा हर्नेट २.० मा १८४.४ सीसी इन्जिन रहेको । हर्नेट २.०मा प्रयोग गरिएको इन्जिनले १७.२ बीएच पावर तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा एफआई इन्जिनको प्रयोग गरिएको छ ।

होन्डा हर्नेट २.० मा यूएसडी फर्क रहेको छ । यो सेग्मेन्ट फर्स्ट फिचर हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।

हाइनेस सिबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ ।

होन्डा हाइनेस सिबी ३५० मा गोलो हेडलाइट, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ । कम्पनीले यसलाई दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्रोमा नेपाल ल्याउने छ ।

डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।

Related Articles

Back to top button
Close