vada
News

बिदेश जानेका लागि खुशीको खबर बल्ल खुल्यो बिदेश जाने नियमित उडान

अब बिदेश जानलाई चाटर्ड उडानको टिकट काट्नु नपर्ने भएको छ । सरकाले अब उडान नियमित गर्न लागेको हो । सरकारले कोरोनाको कारण समस्या परी स्वदेश फर्कनैपर्ने अवस्थामा अबदेखि कोही नेपाली नरहेको बताएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले उक्त निष्कर्ष निकालेको हो । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले कोही नेपाली विदेशमा समस्यामा परी अब उद्धार गर्नुपर्ने अवस्था नरहेको बताउँदै कोही बाँकी रहेको भए नियमित उडानबाट आउन सक्ने बताए ।

अब चाटर उडान र कूटनीतिक निकायबाट उद्धार आवश्यक नरहेको आज बसेको बैठकले निष्कर्ष निकालेको सचिव गुरागाईंले बताए । विदेशमा ज्यान गुमाएका नेपाली शव स्वदेश ल्याउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई व्यावस्थापनको जिम्मा दिने निर्णय भएको उनले जानकारी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कोरोनाका कारण असहज परिस्थितिका कारण हालसम्म साठी मुलुकबाट १ लाख ३६ हजार ३९३ जनाको उद्धार गरिएको छ । यस्तै नियमित हवाई उडान खुला गरिएका अतिरिक्त दक्षिण एसिया लगायत अन्य मुलुकमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरिएको छ ।

त्यस्तै नेपाल आउन अनुमति पाएका कूूटनीतिक नियोगका कर्मचारी र तिनका परिवारलाई पनि नेपाल आउने अनुमति दिन सिफारिस गर्ने निर्णय गरिएको छ ।

Related Articles

Back to top button