vada
News

सियोनाको लागि फ्यान क्लबबाट प्राप्त रकम आकाश श्रेष्ठले हस्तान्तरण गरे

नायक आकाश श्रेष्ठको केहिदिन अघि जन्मदिन थियो । आकाश र पूजा फ्यान क्लवले आकाशको जन्मदिन भब्य रुपमा मनाएका थिए । आकाशको जन्मदिन संगसंगै उक्त फ्यान क्लबले सहयोगी हातलाई समेत अघि बढाएको थियो । सो अवसरमा १३ महिनाकी बालिका सियोना श्रेष्ठको उपचारका लागि उनिहरुले १ लाख १७ हजार रुपैयाँ नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको हातमा हस्तान्तरण गरेका थिए ।

सियोनाको उपचारका लागि २५ करोड रुपैयाँ आवश्यक पर्छ । यतिबेला सो रकमलाई आकाश श्रेष्ठले सियोनाको अभिभावकलाई हस्तान्तरण गरिसकेका छन । यस्तैमा केहिदिन अघि गायक नितेश जंग कुवरले पनि सियोनालाई आर्थिक सहयोग गरेका छन् । उनले २५ हजार नेपाली रुपैयाँ सहयोग गरेका थिए भने अभिनेता पल शाह र उनको परिवारको तर्फबाट दशै र दक्षिणा स्वरुप १ लाख नगद हस्तान्तरण गरेका थिए । दशै दक्षिणा स्वरुप नै अभिनेत्री नम्रता सापकोटा र उनको परिवारले पनि सहयोग गर्ने घोषणा गरेको थियो ।

यस्तै अभिनेत्री वर्षा राउतले ३० हजार, गायक बुद्ध लामाले १० हजार, हास्यकलाकार कुमार कट्टेलले १० हजार आर्थिक रकम सहयोग गरिसकेका छन भने परमिताले ईन्स्टाग्राममा अनलाईन स्टोर नै सुरु गरेकी छन् । जहाँ बिक्री भएर आएको रकम सियोनाको उपचारमा खर्च हुनेछ । त्यस्तै अभिनेत्री करिष्मा मानन्धरले पनि सहयोग गरेको बताएकी छिन् । उनले केही अघि फेसबुकमा एक स्ट्याटस लेख्दै अभिनेत्री परमिता आरएल रानाले सुरु गरेको अभियान मार्फत सहयोग गरेको लेखेकी थिइन् ।

सियोनाको उपचार नेपालमा सम्भव नहुने र उपचार गर्न २५ करोडको हाराहारीमा खर्च लाग्ने भएपछि सियोनाको बुवाआमा यतिबेला सहयोग अपिल गरिरहेका छ । आफ्नो छोरिको जीवन रक्षाको निम्ति सबै सेलिब्रेटिहरुलाई सकेको आर्थिक सहयोग गर्न सियोनाको अभिभावकले गरिरहेका छन् । हलसम्म १० करोड भन्दा बढी संकलन भैसकेको छ ।

छोटो समयमा धेरै पैसा संकलन भएको छ तर, सियोनाको उपचारको लागि यो रकम धेरै नै कम हो । त्यसैले अझै सहयोगको जरुरत छ । सियोनलाई जन्मजात वंशानुगत लाग्ने रोग स्पाईनल मुस्कुलर थेरापी-एसएमई-१ (SPINAL MUSCULAR ATROPHY (SME-1) रोग लाग्यो । जुन रोगका कारण बच्चाको अंगहरुले काम नगर्ने, विस्तारै सबै सुक्दै जाने र मृत्युसम्म हुने जस्ता लक्षण देखिन्छ । जस्का कारण यतिबेला मृत्यु जित्न संघर्ष गरिरहेकी सियोनाको जीवन रक्षाको कामना गर्दै देशबिदेशमा रहेका आम नेपाली तथा सेलिब्रेटिहरुले पनि सहयोग गरिरहेका हुन् ।

सियोनको उपचार २ वर्ष उमेर भित्रमा गरिसक्नुपर्ने छ । तर, जति चाडो गर्यो त्यति राम्रो हुने हस्पिटलले बताएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएपछि छोरिका साथमा सन्दिप दम्पती झन्डै डेढ महिनादेखी पोल्यान्डमा छन् । यतिबेला अभियानलाई अझै प्रभावकारी बनाउन फेसबुकमा पब्लिक ग्रुप नै बनेको छ । सियोनालाई सहयोग गर्न अनलाइन, बैंक एकाउन्ट र ए-सेवा एकाउन्ट रहेको छ ।

जहा सहयोगीदाता आफुले चाहेको रकम पठाउन सक्नेछन् । बैंकमा सहयोग रकम पठाउनको लागि सियोन श्रेष्ठ (Siyona Shrestha) नाममा बैंक अफ काठमाडौ (Bank of Kathmandu) को परासी ब्रान्च (Parasi branch) मा एकाउन्ट खोलिएको छ । जस्को एकाउन्ट नम्बर 206500000031524 रहेको छ । यस्तै, ईसेवाबाट आर्थिक सहयोग गर्नको लागि 9816457809 र 9847206466 आईडी प्रयोग गर्दै सियोन बचाउ अभियानमा साथ दिन सक्नुहुनेछ छ भने www.gofoundme.com मार्फत पनि सहयोग रकम पठाउन सकिनेछ । डिथ्री अनलाइन सियोनको जीवन रक्षाको कामना गर्दछ ।

Related Articles

Back to top button
Close