vada
News

पत्रकार ऋषि धमलालाई कोरोना, आफ्नो अवस्थाबारे दिए यस्तो सन्देश

काठमाडौ / पत्रकार ऋषि धमलालाई कोरोना पुष्टि भएको छ । सनिबार गरिएको स्वाब परीक्षणमा उनको रिपोर्ट आइतबार पोजेटिभ आएको हो । पत्रकार धमलाले उनमा कोरोनाको कुनै लक्षण नभएको बताएका छन् ।

कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले सनिबार स्वाब परीक्षण गराएको धमलाले जानकारी दिए । उक्त स्वाबको आइतबार रिपोर्ट पोजेटिभ आएको हो ।

उनी होम–आईसोलेशनमा बसेका छन् । उनले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गरेका छन् ।

धमलाले सामाजिक सञ्जाल फेशबुक मार्फत आफूलाई कोरोना भएको जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्,आदरणीय सबैमा नमस्कार । कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको कोभिड–१९ स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोनालाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’

धमला रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष,एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादक पनि हुन् ।

Related Articles

Back to top button
Close