vada
News

अभिनेत्री दिपिका प्रसाईंको आज जन्मदिन

अभिनेत्री दिपिका प्रसाईंको आज जन्मदिन परेको छ । फिल्म ‘ऐश्वर्य’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनलाई नेपाली सिने उधोगको आशालाग्दो नायिकाको रुपमा हेरिएको थियो । तर, त्यो हुन सकेन । फिल्म ‘छक्का पन्जा ३’ जस्तो ब्लकबस्टर चलचित्रमा काम गरिन् । फिल्ममा उनले निर्वाह गरेको भूमिकालाई दर्शकले अत्याधिक रुचाए । त्यसपछि भने उनको बाटो ओरालो लागेको बुझ्न सकिन्छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

फिल्म ‘कृष्ण लिला’मा अनुबन्ध भएकी उनले सो फिल्म छाडेको केही दिन अघि सार्बजनिक भएको थियो । स्वास्थ्य समस्याका कारण उनले फिल्म ‘कृष्ण लीला’ छाडेकी हुन् । विवाहित दिपिका यतिबेला आफ्नो परिवारका सदस्यहरु संग रमाईरहेकी छन् । जन्मदिनको अवसरमा उनलाई बिहानै देखि सुभकामनाहरु सामाजिक संजालको माध्यमबाट उनका फ्यान तथा सुभचिन्तकहरुले दिइरहेका छन् । हाम्रो तर्फबाट पनि उनलाई जन्मदिनको सुभकामना ।

Related Articles

Back to top button
Close