vada
Video

‘मुन्द्रेको कमेडि क्लव’वाट दिपा निकालिएको बदला ‘छक्का पञ्जा छ’ वाट निकालिए जितु ? जितुले दिए यस्तो प्रतिकृया (भिडियो हेर्नुस्)

काठमाडौ । हाँस्य कलाकार जतु नेपालले होस्ट गर्ने कार्यक्रम मुन्द्रेको कमेडि क्लवको दोस्रो सिजनमा अर्की हाँस्य कलाकार दिपाश्री निरौलालाई अध्यक्षतावाट हटाइएको छ । दिपाश्री सो स्ट्याण्डप कार्यक्रमको पहिलो सिजनमा अध्यक्षता गर्थिन ।

तर दोस्रो सिजनमा उनको ठाउँमा नायीका करिश्मा मानन्धर आएकी छन् । दोस्रो सिजनमा दिपा नदोहोरिनुको कारण उनले राजेश हमालका बारेमा दिएको टिप्पणी र उनले सहेको आलोचना हो भन्ने अनुमान गरिएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनले राजेशको महानायक पदवीमा प्रश्न उठाएपछि ब्यापक आलोचना सहेकी थिइन् । सामाजिक सञ्जाल मार्फत दर्शकहरुले निकै आलोचना गरेका कारण उनलाई निकालिएको बताईएको थियो । जितुले नै कार्यक्रममा यस अघि रहेका लट्टे नामका कलाकार पनि नदेख्दा धेरैले उनको आवश्यकता दर्शकले खोजेको स्वीकार गरेका छन् ।

उनले अब उनलाई फेरी कार्यक्रममा देख्न पाइने बताएका छन् । उनी दशैं मान्न पोखरा गएको र कोरोनाको जोखिम पनि कायम रहेका कारण उनी कार्यक्ममा नदेखिएको बताएका छन् । उनले अबका कार्यक्रममा भने उनलाई देख्न सकिने बताएका छन् ।

हालै जितु नेपालले दिपाश्रीलाई कार्यक्रमवाट निकालेका कारण दिपाश्रीको छक्का पञ्जा छ को समुहवाट पनि जितु नेपाललाई निकालिएको बताइएको छ । त्यो हल्लाका बारेमा उनले पहिलो पटक मुख खोलेका छन् । उनले त्यो टिमवाट आफु निकालिएको भएपनि दिपा श्री, दिपकराज गिरी र केदार घिमिरेको मनवाट भने कहिल्यै ननिस्कने बताएका छन् ।

Related Articles

Back to top button