vada
News

ओली सरकारकी कान्छी मन्त्री मगरले किन ल्याउन सकिनन् उपत्यकाबासीलाई मेलम्चीको पानी

को हुन् बिना मगर ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाली रहेकी मन्त्री बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा भएको थियो। बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरकी उनी जेठी छोरी पनि हुन्।

कञ्चनपुरबाट प्रत्यक्ष चुनाव जितेकी माओवादी हाल (नेकपा) की सांसद विना मगर ३४ वर्षको उमेरमा मन्त्री बन्न सफल भईन। धेरैले भन्ने गर्छन् उनी प्रचण्डकी बुहारी भएकै कारण मन्त्री बन्न सफल भईन तर उनी आफ्नै क्षमताले भएकी हुन्। उनको आफ्नै कथा छ , आफ्नै बेथा छ, संघर्ष छ। त्यो सबैले बुझ्नु पर्छ। उनी कसैको दबाब र पावरमा मन्त्री बनेकी होईनन्। उनलाई आम नेपाली जनताले चाहेका थिए , नेतृत्वले चाहेको थियो। त्यसैले उनी मन्त्री बन्न सफल भईन।

विनाले पुनर्वासको अरनिको प्राविबाट प्राथमिक शिक्षा लिएकी थिईन्। पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट माध्यमिक तहको शिक्षा पूरा गरेकी थिईन। उनले स्नातकसम्म पढेकी छिन्। काठमाडौंमा माओवादी आन्दोलनमा सक्रिय रहेकै बेला २०६० सालमा उनलाई सेनाले गिरफ्तार गर्‍यो र भैरवनाथ गणमा २७ महिनासम्म चरम यातना सहित उनले बन्दी जीवन बिताएकी थिईन्। शान्ति प्रक्रिया प्रवेश पछि उनी फेरि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष समेत भएकी थिईन।

२०६४ सालको स्ववियू निर्वाचनमा उनी सरस्वती क्याम्पस लैनचौरको स्ववियू सभापतिमा विजयी भइन्। यस सँगै उनी पार्टीको केन्द्रीय सदस्य बनिन्। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट उनी चुनाव लडेकी थिइन्।

विनाले २०७४ सालको चुनावमा कञ्चनपुर बाटै प्रतिनिधिसभा सदस्यको निर्वाचन जितिन्। उनका श्रीमान् अर्थात् प्रचण्डपुत्र प्रकाश दाहालको हृदयाघातबाट निधन भएको थियो । विनाले शोककै वीचमा चुनावमा गएर सहानुभूतिको भोट समेत बटुलेकी थिईन्।

पारिवारिक रुपमा माओवादी नेकपा अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालसँग उनको विवाह भएको थियो। उनी प्रकाश दाहालको पारिवारिक जीवनमा हस्तक्षेप गर्दै दोस्री पत्नी बनेकी थिईन, जुन सांस्कृतिक विचलनले उनको संघर्षशील राजनीतिलाई छायाँमा पारि दियो। मन्त्री विनाका एक छोरा पनि छन्।

Related Articles

Back to top button