vada
News

पहिलो पटक परम्परागत संस्कार अनुसार कोरोना संक्रमितको गरे अ’न्त्येष्टि

धनगढीः सुदूरपश्चिममा पहिलो पटक परम्परागत संस्कार अनुसार कोरोना संक्रमणबाट मृ’त्यु भएका पुरुषको अन्त्येष्टि गरिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका टीकापुर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको परम्पराअनुसार दाहसंसकार गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै नेपाली सेनाको भवानी दल गणको समन्वयमा संक्रमणबाट मृ’त्यु भएका पुरुषको परम्परा अनुसार अन्त्येष्टि गरिएको जानकारी दिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ती पुरुषको दौलतपुर घाटमा श’व ज’लाएर अन्त्येष्टि गरिएको जोशीले बताए ।

Related Articles

Back to top button