vada
News

पोखरामा कोरोनाबाट २९ दिने बालकसहित थप ४ जनाको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट एक ३० दिने बालकसहित थप ४ जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा महानगरका ३ जना तथा पोखरामा उपचाररत बागलुङका १ जना गरि थप ४ जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराका एक २९ दिनका कोरोना संक्रमित नाबालकको शुक्रबार मृत्यु भएको छ । ४ दिन अघि कोरोना पुष्टि भएका बालकको आज बिहान १२ : १५ मा उपचार कै क्रममा निधन भएको प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले पोखरा न्यूजलाई जानकारी दिनुभयो ।

त्यसै गरि पोखरा १० का ५७ वर्षीय पुरुषको बिहीबार राति ११ : ३० बजे पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, पोखरा १७ का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान ९ : ०० बजे गण्डकी मेडिकल कलेज पोखरामा र बागलुङ जैमिनी ९ का २९ वर्षीय पुरुषको बिहीबार राति ८ : ५० बजे पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ ।

Related Articles

Back to top button
Close