News

पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

गृहपृष्ठ
राजनीति
नेपाली ब्रान्ड
समाज
विचार
किनमेल
कला
खेलकुद
घुमफिर
ब्लग
साहित्यपाटी
ग्लोबल
पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ

रासस
काठमाडौं, साउन १०

बिहीबार डिल्लीबजार कारागारबाट छुटेपछि रञ्जन कोइराला। फाइल तस्बिरबिहीबार डिल्लीबजार कारागारबाट छुटेपछि रञ्जन कोइराला। फाइल तस्बिर

सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण (पूर्वडिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको छ।

सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।

पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुनेछ।

पुनरावलोकनको अनुमति पाएमा यो मुद्दा सर्वोच्च अदालतको तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासबाट सुनुवाइ हुनेछ।

संवैधानिक व्यवस्थाअनुसार पुनरावलोकनको व्यवस्था भएकाले यसबाट अन्तिम टुङ्गो नलाग्दासम्म यो मुद्दा विचाराधीन बनेको छ ।

सम्बन्धित समाचार :

‘हामीले उसको गाडी रोकेपछि रञ्जन कोइरालाको अनुहारमा चिटचिट पसिना निक्लेको थियो’

‍श्रीमतीका हत्यारा रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न महान्यायाधीवक्ताका ८ आधार

Related Articles

Back to top button
Close