vada
News

मनोजको स्वास्थ्य गम्भिर भएकोमा पूर्वपत्नी मिना दुखी, लेखिन् यस्तो स्टाटस

काठमाडौ । चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई दशैंको दिन (कात्तिक १० गते) कोरोना भाइरस पुष्टि भएको थियो । उनी कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै बसेको बेलामा स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएका छन् । उनको स्वास्थ्य अवस्था गम्भिर भएकाले आइसियुमा राखेर उपचार सुरु गरिएको छ ।

स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएका उनको स्वास्थ्यमा सुधार आएको छैन । थप समस्या भएपछि उनलाई आइसियुमा राखिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पूर्वपती मनोजको स्वास्थ्यमा समस्या आएको खबर पाएकी उनकी पूर्वपत्नी मीना ढकालले दुख ब्यक्त गरेकी छन् । उनले गजुरेलको स्वास्थ्य लाभको कामना गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा गजुरेलको स्वास्थ्य अवस्था विग्रिएको बारेमा लेखिएका समाचार शेयर गर्दै उनले छिटै निको होस् भन्दै लेखेकी छन् । २० वर्ष भन्दा लामो वैवाहिक जिवन संगै विताएका मिना र मनोज तीन वर्ष अघि अलग भएका हुन् ।

गजुरेललाई स्वास्थ्य अवस्था विग्रदै गएका कारण थप उपचारका लागि उनलाई बुधवार आईसियूमा सारिएको हो। हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले गजुरेलको स्वास्थ्यमा अवस्था गम्भिर भएकाले आइसियुमा सारिएको बताएका छन् । कोरोना पुष्टि भएपछि उनी केही दिन घरमै आइसोलेसनमा बसेका थिए ।

आचार्यका अनुसा बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो। कोरोना पुष्टि भएपछि गजुरेलले फेसबुक मार्फत जानकारी गराएका थिए । गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए।

Related Articles

Back to top button