vada
News

सुनको मूल्य फेरि बढ्यो, यस्तो छ आजको बजार भाउ

काठमाडौं । सुनचाँदीको मूल्य साताको अन्तिम शुक्रबार पनि बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीकै भाउ वृद्धि भएको हो ।

शुक्रबार छापावाला सुनको प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार शुक्रबार एक हजार रुपैयाँले वृद्धि भएको छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार प्रतितोलाको ९६ हजार २ सयमा कारोबार भएको थियो । साथै तेजावली सुन प्रतिप्रतितोला ९६ हजार ७ सयमा रुपैयाँमा शुक्रबार कारोबार भइरहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यस्तै ४५ रुपैयाँले बढेर शुक्रबार चाँदी प्रतितोलाको १२ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close