vada
News

कुवेतमा ड्युटी सकेर घर फर्किदै गरेका दिपक वाटोमै अस्ताए

कुवेत । कुवेतमा सडक दुर्घटनामा परेर एक नेपाली युवकको मृत्यु भएको छ। सडक दुर्घटनामा बारेकोट गाऊँपालिका(४ जाजरकोटका ३२ वर्षीय दिपक सिंह ठकुरीको मृत्यु भएको हो।

ठकुरी विगत ३ वर्षदेखि कुवेतको सीजीजीसी कम्पनीमा काम गर्दे आएका थिए। उक्त कम्पनीमा कार्यरत यमराज छिनालका अनुसार उनलाई सडक पार गर्ने क्रममा विपरित दिशाबाट आएको मालवाहक गाडीले ठक्कर दिएको थियो।

रात्री९नाइट० ड्युटी सकेर आवासमा फर्किने क्रममा बुधवार विहान करिव ४ बजे उनलाई टिप्पर गाडीले ठक्कर दिएको थियो। ऊनका नेपालमा एक ६ वर्षीया छोरी, ४ वर्षीय एक छोरा र श्रीमती छन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

घटनाबारे कम्पनीले कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने, दूतावासले पनि कम्पनीसँग समन्वय गरेर उनको शवलाई नेपाल पठाउने प्रक्रिया अघि बढाइने जनाएको छ।

Related Articles

Back to top button
Close