News

न्यायमूर्तिलाई विवेक प्रयोग गर्ने अधिकार भएकोले महाअभियोग लगाउनु हुन्न : लम्मणलाल कर्ण

काठमाडौं, १० साउन । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद लक्ष्मणलाल कर्णले वर्तमान सरकार यही गतिमा अघि बढे अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिनु भएको छ ।

शनिबार संघीय राजधानीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आईराखेको छ । यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाईसकेका छौं ।’

उहाँले वर्तमान सरकार छ कि छैन् ? भनेर खोज्ने अवस्था रहेको भन्दै अगाडि भन्नुभयो, ‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढी/पहिरोको समस्या आउँछ । तर, यो सरकार के हेरेर बसेको छ ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’

उहाँले कोरोनाले भन्दा बढि मानिस बाढी÷पहिरो र डुबानजस्ता विपत्तिमा परेर मरेको तथ्यांक पेश गर्दै भन्नुभयो, ‘हजारौं मानिसहरु घरवारविहीन भएका छन् । यसको जिम्मेवारी कसले लिने ?

वर्षभरि नै सरकार सुतेर बस्ने हो ? जनताले सुखमा सरकारलाई सम्झिँदैनन्, दुःख पर्दा र आपतविपदमा नै सम्झिने हो नि, अहिले विपद्मा सम्झिँदापनि सरकारले केही गर्न सकेको छैन् । यो सरकार कहीँपनि सफल भएको छैन् ।’

उहाँले सर्वोच्च अदालतले रञ्जन कोइरालाबारे गरेको फैसलाको सम्बन्धमा प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्छ भनेर केही नेताहरुले र सामाजिक सञ्जालमा भएका टिप्पणीको विरोध गर्नुभयो ।

यसबारेमा थप प्रष्ट पार्दै उहाँले अगाडि भन्नुभयो,‘म महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा छैन् । कोर्टको निष्पक्षतालाई सबैले मान्नुपर्छ । न्यायमूर्तिहरुलाई विवेक प्रयोग गर्ने कानूनी अधिकार छ । यस सम्बन्धमा पूनरोवलकन गर्ने भनेर निवेदन दर्ता भएको कुरा आएको छ ।’

Related Articles

Back to top button
Close