vada
News

मलेसियाबाट बाकसमा आएका शाहीको शव बुझ्दाको तस्वीरले फेरि भावविह्वल बनायो

काठमाडौ । सामाजिक सञ्जाल फेसवुकमा मोहन शाहीको नामवाट एउटा तस्बिर सार्वजनिक भयो । यो तस्बिर उनको आफन्तको हो । जो वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । वैदेशिक रोजगारीका लागि मलेसिया रहेका उनका आफन्त हिमबहादुर शाहीको शव नेपाल आएपछि उनको परिवारमा देखिएको विह्वल अवस्था तस्बिरमा देखिएको थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

वैदेशिक रोजगारीमा जाने धेरै नेपालीले यसरी नै ज्यान गुमाएका छन् । विदेश गएर परिवारका लागि पैसा कमाउने भन्दै गएका धेरै नेपाली यसरी नै वाकसमा फर्किएका छन् । अरुलाई एक दिनको समाचार हुन्छ तर जसको घरमा यो पी डा परेको हुन्छ उसको लागि जिवनभरको लागि हो । जिवन रहँदा सम्म आफन्त गुमाउनुको पी डाले छोड्दैन ।

यस्तै पी डा उनले सार्वजनिक गरेको तस्बिरमा झल्किएको छ । वैदेशिक रोजगारीमा गएका आफ्ना भतिजालाई यसरी काठको बाकसमा आउलान् भनेर उनले सोचेका थिएनन् होला । शाहीको शवको अगाडी निकै कारुणीक रुपमा रोएको देखिएका ति बालकको मनस्थितिमा अब जिवनभर कस्तो असर होला ?

फेसवुक हेर्दा मोहन शाही दैलेखका हुन् भन्ने देखिन्छ । यो तस्बिर पनि सोही जिल्लाको हुनुपर्छ । अन्य विवरण यो तस्बिरमा खुलाईएको छैन । तर यो तस्बिरले वैदेशिक रोजगारीमा जाने हजारौं नेपालीको पी डा बोलेको छ । दैलेखी सेवा समाजका अध्यक्ष समेत रहेका शाहीको तस्बिरले वास्तवमै लाखौं नेपालीहरुको कथा बोलेको छ ।

शाहीले लेखेका छन्,यो तस्वीरले साह्रै भावविह्वल बनायो ! 😭😭😭 वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका भतिज हिमबहादुर शाहीको ला’स काठको बाकसमा घरमा पुगेपछि भावविह्वल परिवारजन । भतिजप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना ।

Related Articles

Back to top button
Close