vada
News

फेरि एक सातासम्म अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द हुने, यस्तो आयो सूचना !

सल्यान । कर्मचारी र स्थानीयमा कोरोना देखिएपछि कालिमाटी गाउँपालिकाको कार्यालय र पुतलीबजार सिल गरिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा कालीमाटी गाउँपालिकाको कर्मचारी बस्ने ठाउँ नजिकैका स्थानीयमा कोरोना पोजिटिभ देखिएको हो ।

गाउँपालिकाको कार्यालय पालिकाको केन्द्र पुतलीबजार एक साताका लागि बिहीबारदेखि सिल गरिएको र गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयले दिने अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हबिहादुर खत्रीले बताए ।

कोरोनाकै कारण तिहारको समयमा खेलिने देउसीभैलो समेत बन्द गरिएको उनले जानकारी गराए । स्थानीय तथा कर्मचारीमा कोरोना देखिएपछि थप सजगता अपनाइ अनिवार्य मास्क लगाएर हिँडडुल गर्न उनले पालिकाका स्थानीयलाई आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close