vada
News

मोरङको सुन्दरहरैँचामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

विराटनगर / मोरङको सुन्दरहरैँचामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–८ मा दुर्घटना भएको हो । पूर्वबाट आएर सडक पार गर्न उत्तरतर्फ मोडिँदै गरेको को ३ त १३ नम्बरको ट्याक्टरमा पश्चिमतर्फ आउँदै गरेको को १६ प ४८९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दिउँसो २ बजेतिर भएको दुर्घटनामा परेर मोटरसाइकल चालक सुन्दरहरैँचा–९ का ६९ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । दुर्घटनामा दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएका कार्कीलाई चिकित्सकले दिउँसो ३ः३० बजेतिर मृत घोषित गरेको ढकालको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४२ वर्षीय नन्दकिशोर मिश्र घाइते भएका छन् । मध्यम अवस्थाका उनको न्युरो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button