एक युवती र दुई दाजुभाई युवकको शव यस्तो अवस्थामा भेटियो
काठमाडौ । ललितपुरको भैँसेपाटी खोकनास्थित कार्यबिनायक मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ। मन्दिरको पार्किङ अगाडि काठमाडौं फर्पिङ बस्ने ४० वर्षीय पुजा जैसीको शव बिहीबार बिहान फेला परेको हो। बुधवार र विहिवार फरक घटनामा दुई युवक र एक युवतीको शव फेला परेका हुन् ।
उता नवलपरासी पूर्वको गैँडाकोटको जयश्री खोलाको बाँधमा २६ वर्र्षीय बिजय बाबु पौडेल र २१ वर्षीय संगम पौडेल बुधबार मृ त अवस्थामा फेला परेका छन्। उनीहरु दुई जना दाजुभाई हुन् । सोमवार देखि हराएका उनीहरु वुधवार मृ त अवस्थामा फेला परेका हुन् ।
दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो। प्रहरीका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डु’बेको अवस्थामा फेला परेको हो।
दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’ता वस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए। मृ त्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए। फाइल तस्बिर