vada
News

विवाह बन्धनमा बाँधिएपछि नयाँ लुक्समा काजल अग्रवाल (तस्बिरसहित)

काठमाडौं – साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल ३० अक्टोबरका दिन विवाह बन्धनमा बाँधिएकी छिन्। उनले व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् ।उनको विवाहका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । विवाहपछि काजलले नै सामाजिक सञ्जालमा आफ्ना तस्बिर शेयर गरेकी हुन् ।

विवाहको दिन काजल रातो लेहेंगामा सजिएकी थिइन् भने गौतमले सेतो शेरवानी लगाएका थिए। यस्तै काजलले आफ्नो विवाहपछिका तस्बिर पनि सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । तस्बिरमा काजलले चम्किलो कलरको ग्रीन लेहेङ्गा लगाएकी छिन् । **भिडियो हेर्न तल क्लिक गर्नुहोला **

काजलको ड्रेस डिजाइनर अनिता डोन्गरेले गरेका हुन् । तस्बिरमा काजल निकै सुन्दर देखिएकी छिन् । बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनी निकै चर्चित छिन् ।

Related Articles

Back to top button
Close