vada
News

सुरु भयो आदित्य नारायण र स्वेताको विवाहको तयारी, सार्वजनिक भए यस्ता तस्बिर

एजेन्सी । गायक आदित्य नारायण झाको विवाहको तयारी सुरु भएको छ । केही दिन अघि मात्र उनले आफ्नो प्रमिका सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा प्रेमिका सार्वजनिक गर्दै उनले केही दिनमै विवाह गर्ने जानकारी समेत गराएका थिए ।

उदितले प्रेमीका श्वेता अग्रवालसँग विवाहको तयारी समेत सुरु गरेको जनाएका छन् । कोरोनाको जोखिमका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै आदित्यको घरमा विवाहको तयारी समेत सुरु भएको छ । विवाहको तयारीका केही तस्बिर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

अहिले आदित्यको रोका सेरेमनीको तस्बिर भन्दै सार्वजनिक भएको छ । तस्बिरमा आदित्य तथा श्वेता दुबै तर्फका परिवार सदस्य एकसाथ देखिएका छन् ।

तस्बिरमा आदित्यले ग्रे शर्ट र डेनिम लगाएको देख्न सकिन्छ । श्वेता भने पिङ्क सलवार सुटमा निकै सुन्दर देखिएकी छन् । तस्बिरमा आदित्य र श्वेता एकसाथ सगुन समेत लिएर बसेको देख्न सकिन्छ । तस्बिर सोशल मिडियामा भाइरल भैरहेका छन् ।

गत मंगलबार मात्र आदित्यले आफ्नो इस्टाग्राममा विवाहको घोषणा गर्दै श्वेतासँगको तस्बिर सार्वजनिक गरेका थिए । उनले श्वेतसँगको तस्बिरका साथ लेखेका थिए ‘हामी बिवाह गर्दैछौ । म दुनियाको सबैभन्दा भाग्यमानी केटा हँ । किनभने श्वेता मलाई मिलिन् । उनीसँग ११ बर्ष पहिले भेट भएको थियो । अब डिसेम्बरमा बिवाह हुँदैन ।

आदित्यले बिवाहको तयारीका लागि सामाजिक संजालबाट ब्रेक लिएको समेत बताएका थिए । आदित्य र श्वेताको पहिलो पटक १० बर्ष अगाडि फिल्म ‘शापित’को सेटमा भेट भएको थियो । यहि बाट दुबैको प्रेम सुरु भएको थियो ।

Related Articles

Back to top button
Close