vada
News

कोरोनाबाट ९ वर्षकी बालिकाको निधन

काठमाडौं । कोरोना संक्रमणबाट धरानमा ९ वर्षकी बालिकाको मृत्यु भएको छ । पहिले देखि नै प्रतिरक्षा स्थिति कमजोर रहेकी बालिकाको कोरोना पुष्टि भएको २ दिनपछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रतिष्ठान सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार इटहरी सुनसरीकी बालिका कार्तिक १८ गते उपचारका लागि भर्ना भएकोमा भोलिपल्ट अर्थात् कार्तिक १९ गते विहान ३:२५ बजे मृत्यु भएको हो ।

यस्तै सोही अस्पतालमा धरान सुनसरीका ६१ वर्षकी महिलाको मृत्यु भएको छ । दीर्घ रोगी समेत रहेका ती महिलाको कार्तिक १९ गते विहान ३:१५ मा मृत्यु भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button