vada
Entertainment

आज चर्चित गायक प्रमोद खरेलको जन्मदिन

काठमाडौं – आज चर्चित गायक प्रमोद खरेलको जन्मदिन परेको छ । उनले आज आफ्नो जन्मदिन मनाउदैछन् । नेपाली विकिपिडिया अनुसार ६ नोभेम्बर १९७९ मा भारतको शोणितपुर जिल्लामा जन्मिएका खरेल पछिल्लो समयका निकै सफल गायक हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभाशाली गायकको रुपमा चिनिएका प्रमोद खरेलले हालसम्म २००० भन्दा बढी गीतहरू गाइसकेका छन् । पछिल्लो समय गायक खरेल द भ्वाइस अफ नेपालको सिजनको कोच रहेका छन् । उनले आज आफ्नै फेसबुक पोस्टबाट पनि जन्म दिनको जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् आज मेरो खास दिन, अनमोल जीन्दगी पाएको दिन, धर्तीलाइ पहिलो चोटि छोएको दिन, आमा मुसुक्क हॉस्दा पहिलो चोटि म रोएको दिन अर्थात आज #मेरो_जन्मदिन..असिम माया , साथ र आशिर्वाद र शुभेच्छा प्रति सधै आभारी छु।

Related Articles

Back to top button