vada
News

त्रिभुवन विमानस्थलबाट विदेश जानेहरुको लागि जरुरी सुचना

केहिदिन अघि पीसीआर रिपोर्ट नेगेटिभ आएपछि नेपाल एयरलाइन्सबाट विदेश पुगेका यात्रुलाई पुन पीसीआर जाचमा कोरोना पुष्टि भएपछि नेपाल एयरलाइन्सलाई ठूलो झट््क्का्का लागेको छ । एयरलाइन्सका अनुसार पछिल्लो समय दुबई, नारिता (जापान), हङकङलगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुहरुमा पनि सम्बन्धित गन्तब्यमा पुगेपछि पोजेटिभ देखिएको हो ।

जसको प्रत्यक्ष÷अप्रत्यक्ष मार भने यात्रु लिएर विदेश उड्ने वायुसेवालाई परेको छ । हङकङले कोरोना संक्रमित ल्याएको भन्दै नेपाल एयरलाइन्सलाई दोस्रोपटक प्रतिबन्ध लगाएको छ, भने नारिता (जापान) र दुबई विमानस्थलबाट समेत चेतावनीसहित प्रोटोकलको सूची आएको बताइएको छ ।

उक्त प्राटोकल पालना नगरी यात्रु सम्बन्धित मुलुक पुगेमा त्यसको दोषी एयरलाइन्स ठहरिने बताइएको छ । सम्बनिधत मुलुकका कम्पनीहरुले आफ्नो तर्फबाट सरोकारवाला निकायले तयार पारेको कोरोनाविरुद्ध प्रोटोकलको कार्यान्वयनका लागि कुनै कसुर बाँकी नराखेको जनाएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

अब नेपालको त्रिभुवन विमानस्थलबाट जहाज चढ्दा पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएर उडेका यात्रुहरुमा गन्तव्यमा पुगेपछि पोजेटिभ देखिएमा त्यसको जिम्मेवारी यात्रु स्वयमले लिनुपर्ने बताइएको छ ।

Related Articles

Back to top button