vada
Intresting

यी ७ नेपाली कलाकारः जसले विदेशीसँग लगनगाँठो कसे

पोखरा- कलाकारको प्रेम र विवाह सम्बन्धले सामाजिक संजालमा तहल्का नै मचाइरहन्छ । नेपाली कलाकारको पनि प्रेम र विवाहको निकै चर्चा हुने गर्छ ।

केही यस्ता कलकार छन्, जसले विदेशीसँग विवाह गरेका छन्।

सिम्पल खनाल :

मोडलिङबाट चर्चा कमाएकि नायिका सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रशन्न पौड्यालसँग लगनगाँठो कसिन्। पहिलो घरजममा जम्न नसकेपछि प्रशन्न पौड्यालसँगको बैवाहिक सम्बन्ध सिम्पलले सम्बन्ध बिच्छेद्र गरेकि हुन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसपछि, उनले दोस्रो विवाह विदेशीसँग गरिन्। बेलायत बसोबास गर्ने पाकिस्तानी मुलका व्यवसायी नदिनसँग दोस्रो विवाह गरेपछि सिम्पल पनि बेलायत नै बस्न थालिन् ।

बिपना थापा :

अभिनेत्री बिपना थापाको विवाह भारतीय नागरिकसँग भएको छ । भारतको मथुरा निवासी आशुतोष भारद्वाजसँग बिपनाको लगनगाँठो कसिएको हो। २०६३ सालमामा विवाह गरेर भारत छिरेकी विपना अहिले गृहणीको रुपमा भारतको मथुरामै छिन् ।

हर्षिका श्रेष्ठ :

मोडलिङ हुँदै अभिनयमा आएकी अभिनेत्री हर्षिका श्रेष्ठले पनि भारतलाई घर र नेपाललाई माइती बनाइन् । उनको विवाह भारतीय व्यापारी प्रसुन झुनझुनवालासँग भएको छ । हर्षिका र प्रसुनले २०७२ सालमा प्रेमविवाह गरेका हुन् । व्यवसायी प्रसुनको कलकत्तामा स्थायी बासिन्दा हुन् । यही कारण विवाहपछि हर्षिका कोलकत्तामै बस्दै आएकी छिन्।

सारङ्गा श्रेष्ठ :

सारङ्गी, सुनचाँदी, आगो, मिलन, सिन्दुर पोतेलगायतका सिनेमाहरुमा काम गरेकी अभिनेत्री सारंगा श्रेष्ठ पनि विदेशीसँग लगनगाँठो कस्ने सेलिब्रेटीको सूचिमा पर्छिन् ।जीवनमा दुईपटक विवाहबन्धनमा बाँधिएकी उनको पहिलो विवाह अमेरिकी नागरिकसँग भएको थियो । तर उनको पहिलो विवाह खासै लामो समयसम्म टिकेन। अमेरिकामा बसोबास गर्दै आएकी सारंगाले अमेरिकी नागरिकसँग सम्बन्धविच्छेद गरेर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका रमेश कार्कीसँग सन् २०१२मा अदालती विवाह गरिसकेकी छिन् ।

झरना बज्राचार्य :

पूर्व मिस नेपाल तथा अभिनेत्री झरना बज्राचार्यको विवाह भारतीय मूलका मलेसियन ब्यापारी राहुल अग्रवालसँग भएको छ। विवाहसँगै विदेशीएकी झरना एक सन्तानकी आमा पनि बनीसकेकी छिन्।

सिपी लोहनी

विदेशीसँग विवाह गर्ने पुराना अभिनेता हुन् सिपी लोहनी जसले भारतीय अभिनेत्री माला सिंहासँग विवाह गरे । भारतमा चर्चित अभिनेत्री माला सिंहा नेपालमा माइती घर चलचित्रको नायिका बन्न आएकी थिइन् । सोहि फिल्मका अभिनेता सिपी लोहनी र माला सिंहाबीच प्रेम बस्यो र उनीहरुले विवाह गरे । मुम्बईमै बसोबास गर्दै आएका सिपी र मालाका छोरी पनि छन् ।

आकाश अधिकारी :

विदेशी विवाह गर्नेमा अभिनेता र निर्देशक आकाश अधिकारी पनि पर्छन् । जसकी श्रीमती हुन्, इटलियन नागरिक । नेपाली फिल्म निर्माण र निर्देशनमा सक्रिय आकाश नेपालमा नै गर्दछन् ।

Related Articles

Back to top button
Close