vada
News

कृष्णबहादुर महराकी पत्नीको नि धन, कोरोना पोजेटिभ

काठमाडौँ । पूर्व सभामुख एवम् नेकपा नेता कृष्णबहादुर महरालाई पत्नी शो क परेको छ । महराकी पत्नी सीताको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज बिहान बुधबार ६: २५ बजे नि धन भएको अस्पतालले पुष्टि गरेको छ। केहीदिन अघि मात्र उनलाई कोरोना पोजेटिभ देखाएको थियो ।

सीता महरालाई शुक्रबार श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकम्पटरमार्फत काठमाडौं ल्याइएको थियो । उनको असामयिक नि धनले सम्पुर्ण आफन्तजन सुभेछुक सुभचिन्तकहरुलाइ मर्माहत तुल्याएको छ । यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनाका साथै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं । मिडिया हाम्रो परिवार

सीता महराबारे संक्षिप्त चिनारी

सीता महरा विसं २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाको कोखबाट रोल्पाको गजुल धौलेगाउँमा पहिलो सन्तानको रुपमा जन्मिनुभएको थियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कृष्णबहादुर महरासँगै २०३५ सालमा विवाह भएको थियो। उहाँका दुई छोरा र दुई छोरी रहेका छन्। महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारि रीक मानसिक यात ना दिनुका साथै केही दिन हिरा सतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिर प्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल हुनुभएको थियो। त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँ चेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयु द्धमा सहभागी भएका थिए।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि कृष्णबहादुर महरालाई नजिकबाट पारिवारिक तथा पार्टी राजनीतिमा पनि सहयोग गर्नुभएको थियो।

गएको दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो।

Related Articles

Back to top button
Close