vada
Video

पहिलो श्रीमान छोडेर आफूभन्दा ३३ वर्ष जेठो बाजेसगँ बिबाह गर्नुको कारण खोलिन (भिडियो हेर्नुस

पाचँथर जिल्लाको फिदिमका डिल्ली बहादुर मुखिया र सिर्जना लिम्बु अहिले सामाजिक संजाल टिकटकमा निकै चर्चामा छन । पहिले नै दुबै जना बिबाह गरिसकेका हुन । ३३ वर्षको उमेर फरक भएका एक बृद्ध र युवतिले बिबाह गरे पछि उनिहरुको चर्चा निकै भएको छ सामाजिक संजालमा । ३/४ दिन अघि मात्र बिबाह गरेका उनिहरु केही दिन भित्रमा नै टिकटकमा निकै भाइरल भएका जोडि हुन । उनिहरु यसरी भाइरल हुनुको कारण भने उनिहरुको बिबाह हो ।

५६ वर्षीय डिल्लीबहादुरले आफ्नी नातिनिको उमेरकी २३ वर्ष कि सिर्जनासगँ माया प्रेम पछि बिबाह गरेकाले अहिले उनिहरु निकै चर्चामा छन । पहिले नै बिबाहित डिल्लीबहादुरकी श्रीमती र दुई छोरी केही समय अघि एक एक वर्षको अन्तरमा मृत्युु भए पछि उनी एक्लै रहेका थिए । सिर्जाना पनि पहिले बिबश गरेकी हुन । उनकी एक छोरी पनि रहेको सिर्जनाको भनाई छ । अहिले आफू भन्दा ३३ वर्ष जेठोसगँ बिबाह आफुले खुशिले गरेको सिर्जनाको भनाई छ ।

अहिले उनले यसरी बिबाह गर्नु परेको कारण पनि खुलाएकी छिन । उनिहरुले बिबाह गरेको भिडियो सामाजिक संजालमा बाहिरिए पछि कतिपयले नकारात्मक टिप्पणी पनि गरेका छन । त्यस बारे सिर्जनाले आफुहरुले राजी खुशी बिबाह गरेको हुनाले त्यस्तो नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गरेकी छिन । आफू पहिलो श्रीमान सगँ सम्बन्ध बिच्छेद गरेर बसेको सिर्जनाले बताएकी छिन । आफू छोरी लिएर सानो पसल गरेर बसेको उनको भनाई छ ।

आफ्नो पहिलेको श्रीमानले आफू र छोरिलाई वास्ता नगर्ने, खान लाउन केही खर्च पनि नदिने गरेकोले फाल्टै बस्नु परेको सिर्जनाको भनाई छ । आफु र छोरी साथमा हुदाँहुदै पनि पहिलेको श्रीमान अर्कै केटि लिएर होटल तिरै बस्ने गरेको उनको भनाई छ । कमाएको पैसा सबै अन्य केटिहरु लिएर बसेर हिड्ने गरेर सक्ने गरेको सिर्जनाको भनाई छ । सोही कारण पनि आफुले अहिले डिल्लीबहादुरसगँ बिबाह गरेको उनले बताईन ।

आफुले पहिले आफ्नै उमेको सगँ बिबाह गर्दा पनि माया नपाएको सिर्जनाको भनाई छ । युवा उमेरको केटाले घरमा श्रीमती छोराछोरी हुदाहुदै पनि अरु केटि लिएर हिड्ने गरेको बिस्वास नहरेको सिर्जनाको भनाई छ । डिल्लीबहादुरले आफुलाई माया र साथ दिने उनले बताईन । उहाले त्यसरी घरमा रहेकी श्रीमतिलाई छोडेर अरुसगँ नहिड्ने भन्दै आफू खुशी रहेको सिर्जनाले बताईन । (भिडियो हेर्नुस)

Related Articles

Back to top button