vada
Intresting

खुट्टा फुटेर हैरान हुनुहुन्छ ? ठिक पार्न यी उपाय अपनाउनुहोस्

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ । चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

नियमित मसाज गर्ने**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

चिसो समयमा नियमित रूपमा आफ्नो खुट्टामा कुनै क्रिम अथवा तेलले मसाज गर्नु राम्रो हुन्छ । हरेक दिन सुत्ने समयमा खुट्टामा सफा गरेर फूट क्रिम लगाउने र सुतीको कपडाले राम्रोसँग पुछेर सुत्ने गरेमा खुट्टा सुन्निने तथा फुट्ने समस्याबाट बच्न सकिन्छ ।

पाकेको केरा प्रयोग गर्ने

पोकेको केरामा थोरै मात्रामा जैतुनको तेल मिसाएर हरेक रात फुटेको ठाउँमा लगाउने र १० देखि १५ मिनेटसम्म राखेर धोएमा यस्तो समस्याबाट बच्न सकिन्छ ।

हप्तामा एकपटक सुत्नुपूर्व कागतीको रस मनतातो पानीमा मिसाएर खुट्टालाई १५ मिनेटसम्म डुबाएर सफा गर्ने र कुनै क्रिम लगाएर पनि राख्न सकिन्छ।

ग्लिसरिन तथा गुलाब जल

दैनिक रूपमा आफ्नो खुट्टालाई सफा गरेर ग्लिसरिन र गुलाबजलको मिश्रण खुट्टामा लगाउँदा खुट्टा फुटेको तथा चिसोले सुन्निएको निको हुन्छ र बच्न सकिन्छ ।

मनतातो पानीमा नुन

दुखिरहेको खुट्टालाई आराम दिन पानीमा दुई चम्चा नून हालेर १५ देखि २० मिनेटसम्म आफ्नो खुट्टालाई सेक्न सकिन्छ।

यसले खुट्टालाई आराम दिन्छ । पछि कुनै क्रिम या तेल लगाएर केही मालिस गर्दा फुटेका घाउहरू ठीक हुन्छन्।

Related Articles

Back to top button
Close