vada
News

र्‍यापर भिटेनले फेरि माफी माग्दै लेखे यस्तो

काठमाडौं, १६ कात्तिक । र्‍यापर समिर घिसिङ (भिटेन)ले ‘पारा’ टाइटलको गीतप्रति माफि मागेका छन् । नयाँ म्युजिक भिडियो पारामा प्रयोग भएको शब्द र समग्र म्युजिक भिडियोले कतिपय निकाय तथा व्यक्तिलाई पुर्‍याएको असर प्रति क्षमा याचना गर्दै बिज्ञपति जारी गरेका छन् ।

भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो भिटेन म्युजिक नामका युट्युव च्यानल मार्फत अपलोड गरेका थिए । तर भिडियोमा प्रयोग भएका शब्दले प्रहरी निकाय तथा महिलामा आघात पुग्नुका साथै समाजमा बिकृति फैल्याउन सक्ने प्रहरीमा गुनासो पुगेको थियो ।

गीतमा अपशब्द तथा अस्लिल शब्दहरु पनि प्रयोग भएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले गायक देखि भिडियो निर्मातासम्मलाई अनुशन्धानका लागि पक्राउ गर्न साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

अनुशन्धानका लागि पक्राउ गर्न पत्र पठाए लगत्तै भिटेनले सो गीत युट्युवबाट हटाएका थिए । भिडियो युट्युबमा ५ दिनमै दशलाख भन्दा बढीपटक हेरिएको थियो । भिटेनलले सो गीतलाई परिमार्जन गरेर पुन युट्युबमा अपलोड गर्ने बिज्ञप्ति मार्फत बताएका छन् । उनले यसअघिको म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कसैले युट्युबमा अपलोड नगर्न आग्रह गरेका छन् ।

Related Articles

Back to top button
Close