vada
News

बिवाहपछि काजलले श्रीमानलाई लेखिन् यस्तो मन छुने दुई लाइन

एजेन्सी । बलिउड अभिनेत्री काजल अग्रवालको विबाहलाई लिएर उनका फ्यानहरु निकै नै उसाहीत थिए । काजल र उनका श्रीमानको विबाह भन्दा पहिला कुनैपनि प्रकारको चर्चापरिचर्चा भएको थिएन । त्यसैले पनि उनका फ्यानहरुमा उत्साह जाग्नु स्वभाविक नै थियो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आफ्ना फ्यानहरुको सोही भावनालाई नै बुझेर अभिनेत्री काजलले आफ्नो विबाहका तस्वीरहरुलाई शेयर गरेकी छन् । जुन यतिबेला सोशल मिडियामा निकै नै भाइरल बनिरहेको छ । जब अभिनेत्री काजलले विबाह गरिसकेपछि आफ्नो श्रीमानको हातमा चुम्बन गर्दै गरेको तस्वीर शेयर गरिन् ।

उक्त तस्वीर पुरै सोशल मिडियामा बेजोडका साथा भाइरल भईरहेको छ । दुलहीको रुपमा सजिएकी काजलले आफ्नो यो फोटोलाई मंडपबाट नै शेयर गरेकी हुन् । उक्त फोटोमा श्रीमान गौतम पनि मुस्कुराई रहेका देखिन्छन् । यसका साथै अभिनेत्रीले आफ्ना पति गौतमलाई स्पेशल नोट पनि लेखेकी छन् ।

जस्मा लेखिएको छ,‘अब बस्……मिसबाट मिसेजसम्म । मैले आफ्नो विश्वास पात्र, साथी, बेस्टफ्रेण्ड, र सोलमेटसंग विबाह गरिसकें । यो सबै र तिमीमा मैले आफ्नो घर पाएर म निकै नै खुशी छु ।’ उनीद्धारा लेखिएका यी लाइनहरु अहिले सोशल मिडियामा निकै नै भाईरल बनिरहेको छ । साथै उनले आफ्नो विबाहको अरु पनि धेरै तस्वीरहरु शेयर गरेकी छन् ।

उनको विबाहमा कोभिड महामारीलाई निकै नै ध्यानमा राखिएको थियो । उनको विबाह समारोह निकै नै सानो थिायो तर त्यही सानो विबाहमा पनि सहभागी भएका सबै पाहुनाहरुको कोभिड टेस्ट गरिएको थियो । अभिनेत्री काजलले आफ्नो विबाहमा सहभागी हुने सबैलाई धन्बाद दिएकी थिईन् ।

Related Articles

Back to top button
Close