vada
News

जर्मनी हा’र्दा रोएकी बालिकामाथि गरिएको अ’भ’द्र व्यवहारले सबैको मन रुहायो !

युरो कपअन्तर्गत इङल्याण्ड र जर्मनीबीचको खेलमा सानी जर्मन फ्यानले रंगशालामा व्यक्त गरेको भावुक प्रतिक्रियाले संसारको ध्यान मात्रै तानेन ।ती बालिकाको प्रतिक्रियाले वेम्बली रंगशालाभित्र रहेका फुटबल फ्यान कति ख’राब वा सही हुन्छन् भनेर मात्रै देखाएन ।

सामाजिक सञ्जालमा समेत मानिसहरु कुन ह’दसम्म जान सक्छन् भन्ने पनि देखायो ।नटआउट चरणमा इङल्याण्डसँग जर्मनी हार्ने पक्कापक्की भएपछि रंगशालामा खेल हेर्न आएकी एक जर्मन बालिका निकै दु:खी हुँदै रोएको दृश्यतर्फ क्यामेराको ध्यान गएको थियो ।

तर जब उनी रोएको दृश्य रंगशालामा रहेको ठूलो पर्दामा देखियो तब इङल्याण्डका फ्यान थप च’र्कोसँग खुशी हुँदै चि’च्याइरहेका थिए ।ती बालिकाको पीडामा रंगशालामा उपस्थित इङलिश फ्यानमात्रै खुशी भएनन् । ट्विटर लगायतका सामाजिक सञ्जालमा समेत उनी रोएकोमा खुशी हुनेको संख्या उल्लेख देखियो ।

खेललगत्तै ती बालिकालाई लक्षित गरी विभिन्न ट्विट र मिम सामाजिक सञ्जालमा पोष्ट गरियो । कतिपयले जर्मनीको इतिहासबारे नकरात्मक टिप्पणी समेत गर्न भ्याए ।‘१० वर्षीया जर्मन बालिका रोएको देखेर भट्टीमा रहेका मानिसहरु खुशीले चि’च्याएको बेला आफू इङलिश भएको भनेर धेरै ग’र्व लाग्यो र यस्तो गर्व कहिल्यै भएको थिएन्’, इङल्याण्डका युटुब स्टार ज्याक कार्ल डिनले sadistic ट्विट गरेका थिए ।

यसबाहेक, कतिपय सामाजिक प्रयोगकर्ताले अ’शोभनीय र आ’पत्तिजनक टिप्पणी समेत गरेका थिए ।तर कतिपयले भने सानी बालिकालाई लक्षित गरिनु गलत भएको बताए । रोइरहेकी बालिकालाई खिल्ली उठाउनु बेठीक रहेको भन्दै इङलिश टेलिभिजन प्रस्तोता अदिल रेले ट्विट गरे- ‘उच्च स्तरको सभ्यता र सम्मान देखाउनेहरु मात्रै वास्तविक विजेता हुन् ।’

‘महत्वपूर्ण जीत मनाउनुहोस् तर सानी बालिकाले पी’डा महसुस गर्दै आशु झा’रेको दृश्यलाई शेयर नगर्नुहोस्, म’जाक नउडाउनुहोस् र मिम नबनाउनुहोस्’, फुटबल पो’डकास्ट होस्ट कार्लो गार्गानिजले इङलिश फ्यानको निन्दा गर्दै भने ।इङल्याण्डका पूर्व फुटबले ग्यारी लिनेकरले समेत ट्विटरमा इङलिश फ्यानको आ’लोचना गर्दै लेखेका छन्- ‘साह्रै नराम्रो बानी । अरुलाई घृ’णा गर्ने ख’राब प्रवृत्ति ।’

यसैबीच वेल्सका एक फुटबल फ्यानले सानी जर्मन बालिकालाई ‘राम्रो ट्रिट’को व्यवस्था गर्ने भन्दै रकम उठाएका छन् । दक्षिणी वेल्सका जोएल ह्यु’जले अहिलेसम्म ८ हजार पाउण्ड स्टर्लिङ जम्मा गरिसकेको बिबिसीले जनाएको छ ।‘बेलायतका सबै मान्छे ख’राब हुँदैनन्’ भनेर देखाउनका लागि जर्मन बालिकाको पक्षमा रकम उठाएको ह्यु’जको भनाइ छ ।

आफूले ती बालिकाको परिवारलाई भेटेर ज’स्तगिभिङमार्फत् पैसा संकलन गरेको कुरा भन्न चाहेको पनि उनले बताए ।‘मैले त्यो खेल हेरेको थिएँ, खेल निकै राम्रो थियो’, व्यवसायी समेत रहेका ५१ वर्षीय ह्युजले भने, ‘नकरात्मक वातावरणबारे म परिचित थिएँ, मानिसहरु हो’हल्ला (booing) गरेको सुन्न सकिन्थ्यो तर यसबारे मैले खासै सोचिनँ ।’

तर ती बालिका रोएको दृश्यमाथि मानिसहरु खुशी भएको र अनलाइनमा उनलाई लक्षित गरी छु’द्र टिकाटिप्पणी गरेको देखेपछि आफूलाई यसको वि’रुद्धमा केही गर्नुपर्ने लागेको पनि ह्यु’जले बताए । बेलायती समाज अ’सहिष्णु हुँदै गएको पनि उनको गुनासो थियो ।

‘बेलायतमा राम्रो कुरा पनि छ’ भनेर देखाउनका लागि जर्मन बालिकाका लागि पैसा जम्मा गरेको उनले बताए । यदि ती बालिकाको परिवारसँग भेट हुन नसकेमा वा परिवार यसमा संलग्न हुन नचाहेमा संकलित पैसा अभियानको मर्मसँग जोडिएको कुनै क्रियाकलापका लागि दिने पनि उनले सुनाए ।

Related Articles

Back to top button