vada
News

परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमण, थप ३४ जनाको निधन

नेपालमा वितेको २४ घण्टामा कूल परीक्षणमध्ये २१ दशमलव ७० प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरस १० हजार ५९६ जनाको परीक्षण गर्दा २ हजार २९९ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज पिसिआर विधिबाट १ हजार ९१ र एण्टिजेन विधिबाट ९०८ जनामा सङ्क्रमण देखिएको छ । आज देशैभर ६ हजार ५६६ पिसिआर र ४ हजार ३० एण्टिजेन परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४२ हजार ५३ पुगेको छ भने एण्टिजेनबाट पोजेटिभ आउनेको सङ्ख्या ३६ हजार ७५५ पुगेको छ ।

थप ३ हजार ४५१ सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या ६ लाख ३ हजार ६०० पुगेको छ । यो कूल सङ्क्रमितको ९४ दशमलव शून्य १ प्रतिशत हो ।

आज ३४ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार १७९ पुगेको छ । आज ज्यान गुमाउनेहरुमा नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवको सङ्ख्या समेत जोडिएको छ ।

Related Articles

Back to top button